Monday, April 11, 2016

४० अप्रिल मा ग्यास आउने


२८ चैत, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग अप्रिल महिनामा ४० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन माग गरेको छ ।

बजारमा जति ग्यास आएपनि उपभोक्ताले सहजरुपमा ग्यास नपाएपछि आयल निगमले ४० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन आग्रह गरेको हो ।

आफ्नो प्रस्तावमा भारतीय आयल कर्पोरेशन (आइओसी)ले सकारात्मक जवाफ दिएकाले अप्रिलमा पनि ग्यासको आयातदर बढ्ने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइखबरलाई बताए ।

बुलेट थपिने

समान्य अवस्थामा नेपालमा २९ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । मार्च महिनामा ३० हजार १ सय मेट्रिक टन ग्यास आयात भएको थियो ।

मागभन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा अभाव सामान्य पनि भएको छैन । भारतले अहिले दैनिक १ हजार ८ टनसम्म ग्यास लोड दिइरहेको प्रवक्ता घिमिरेले बताए । लोडिङ केहीदिनपछि अझै बढ्ने उनको दावी छ ।  त्यसका लागि बुलेट थप्ने निगमको तयारी छ ।

विकल्पमा तेस्रो मुलुकको ग्यास

अपि्रल महिनामा ३५ हजार मेट्रिक टन भन्दा बढी ग्यास आयात हुने आयल निगमको दावी छ । बजारमा ग्यास आयात सहज बनाउन आपूर्ति बढाउने र अनुमगन कसिलो पार्ने काममा आफुहरु खटिएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।

‘हामी आपूर्ति बढाउने र समस्याको जरो पत्ता लगाउने काम गरिरहेका छौं’ उनले भने-‘भारतबाट हुने आयातले अभाव हटेन भने तेस्रो देशबाट पनि ग्यास ल्याउने एक मात्र विकल्प बाँकी रहन्छ ।’

रेग्मीले चीनसहित तेस्रो मुलुकबाट ग्यास ल्याउनेबारे अध्ययन र गृहकार्य भइरहेको बताए ।

No comments: