Sunday, April 10, 2016

परासीमा सवारी चेकजाँचमा नयाँपन


सधैँ ट्राफिक प्रहरीले मात्रै सवारी चेकजाँच गर्दै आएपनि परासीमा भने ट्राफिक प्रहरी सँगै नागरिक समाज र पत्रकार समेत मिलेर सवारी चेकजाँच गरिएको छ । सवारी दुर्घटना न्यनिकरणकालागी एक्लो प्रयासबाट मात्रै सम्भव नहुने सोमबार भन्दै मिलेर सचेतनामुलक ट्राफिक चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले समय समयमा ट्राफिक नियम उल्लघंन नगर्न आग्रह गर्ने, उल्लघंन गर्ने कारवाहि गर्ने लगायतका कार्य गर्दै आएको भएपनि दुर्घटनामा कमि नआएकोले आज नागरिक समाज, पत्रकार, यातायात व्यवसायीको उपस्थीतीमा परासी स्थीत भैरहवा भुमही सडक खण्डको बालगोविन्द आयल स्टोर्स चोकमा सवारी जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले जाचसंगै ट्राफिक नियम उल्लङघन गर्ने सवारीलाई तुरुन्दै  कारवाहि तथा  जरीवाना  समेत  गरेको छ ।  ट्राफिक प्रहरी कार्यालय परासीका प्रहरी नायव निरिक्षक कृष्ण पाण्डेको कमाण्डमा खटिएको ट्राफिक प्रहरी र प्रहरी नायव निरिक्षक उज्जल पौडेलको कमाण्डमा खटिएको नेपाल प्रहरीको टोली सहित नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, कृषक हक हित संरक्षण मन्चका कार्यबाहक जिल्ला अध्यक्ष सुमित्रा गौड, पत्रकार लगायतले  सवारीलाई रोकेर  जाच गर्नुभएको थियो ।
जाचका क्रममा चालकको सट्टा सहयोगीले सवारी चलाएको, लाईसेन्स  विलबुक साथमा नराखेका , आरक्षित सिटमा यात्रु नराखेको क्षमता भन्दा बढी लोड गरेको लगायतका अवस्था भेटिएको ट्राफिक प्रहरी कार्यालय परासीका प्रहरी नायव निरिक्षक पाण्डेले बताउनुभयो । सवारी नियम उल्लघंन गर्नेलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिनुका साथै तत्काल कारवाहि समेत गरिएको थियो । सो क्रममा सत्तरी वर्ष नागेका जेष्ठ नागरिकलाई सवारीमा यात्रा गर्दा पचास प्रतिशत सम्म भाडा छुट दिने व्यवस्था कार्यान्वयन गर्न पनि आग्रह गरिएको थियो । ट्राफिक प्रहरी नायव निरिक्षक पाण्डेले सवारी दुर्घटना न्यनिकरणकालागी प्रहरी मात्रै लागेर नहुने भएकाले यातायात व्यवसायी, नागरिक समाज  संचारकर्मी समेतको सहयोगले प्रभावकारी हुने र चेतना समेत हुने भएकाले यस्तो अभियान गरिएको बताउनुभयो । उहाले यस कार्यलाई निरन्तरता दिने र नवलपरासीमा सवारी दुर्घटना कम गर्नकालागी सरोकारवाला सँग  समन्वय गरि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो ।

No comments: