Sunday, April 10, 2016

एसएलसी दिएर बसेकालाई नेपाल टेलिकमको आकर्षक अफर !

एसएलसी दिएकालाई नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरेर नयाँ योजना सार्बजनिक गरेको हो ।
sim_card-400x200
योजना अनुसार विद्यार्थीहरुले रु. ९०– रुपियाँमा सिम्म कार्ड प्राप्त गर्ने छन् । त्यसमा रु. ५०– बराबरको टक भ्याल्यु र तीन सय एमबी डाटा निःशुल्क उपलब्ध हुने छ । साथै त्यस सिम एक्टिभ भएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा पनि निःशुल्क प्राप्त गर्ने छन् ।
यो सुबिधा प्राप्त गर्न विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, विद्यार्थी स्वयं वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । सो योजना २०७३ असार मसान्तसम्म कायम रहने छ ।

No comments: